Home » कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न रवि लामिछानेको निर्देशन

कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न रवि लामिछानेको निर्देशन

by newnagarikdiary
0 comment

गृहमन्त्री रवि लामिछानेले कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

बिहीबार भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे ।
उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताउँदै नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए ।

Related Articles

Leave a Comment