Home » कीर्तिपुर खेल मैदान बेटिङ गराएको आशंकामा ५० जना पक्राउ

कीर्तिपुर खेल मैदान बेटिङ गराएको आशंकामा ५० जना पक्राउ

by newnagarikdiary
0 comment

नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ पर्नेहरू अधिकांश भारतिय मुलका रहेको जनाईएको छ । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट आएको आशंका गरिएको छ । मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ ।

Related Articles

Leave a Comment