Home » कास्की जिल्ला अदालतमा अब देखि दोभाषे राख्ने

कास्की जिल्ला अदालतमा अब देखि दोभाषे राख्ने

by newnagarikdiary
0 comment

पोखरा
कास्की जिल्ला अदालतले अब देखि अदालतमा दोभाषे राख्ने भएको छ । नेपाली भाषा बोल्न र बुझ्न नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै अदालतले दोभाषे राख्ने भएको हो । अदालातमा नेपाली भाषा बोल्न र बुझ्न नसक्ने सेवाग्राही आए अदालतले विश्व भाषा केन्द्रबाट सहयोगी लिएर काम गर्दै आएको छ । जिल्ला अदालतले आदालतमै दोभाषे राख्नको लागि सूचना जारी समेत गरेको छ । गुरुङ, नेवारी, चाइनिज, स्पेनिस, रसियन लगायत भाषा बोल्न र लेख्न सक्नेले आवेदन दिन आदालतले भनेको छ ।
जिल्ला अदालत नियमावली, २०७४ को नियम १०४ अनुसार अदालतले दोभाषेसँगै स्वेच्छिक कानूनी सहायता (प्रो वोनो सेवा) दिन इच्छुक कानून व्यवसायीको सूची तयार गर्ने भएको छ । केहि दिन अगाडि मात्र धर्म परिवर्तनको आरोपमा कोरियन भाषा बाहेक अन्य भाषा नबुझ्ने ४ कोरियाली पक्राउ परेका थिए । उनीहरुले कोरियन बाहेक अन्य कुनै पनि भाष नबुझ्ने थिए । उक्त मुद्धाको बयान तथा बहस गर्न समस्या भएको थियो । पक्राउ परेका कोरियालीहरुले आफ्नै दोभाषे ल्याएर सोही दोभाषेको साथमा जिल्ला प्रहरी कार्यालयमा बयान लिइयो भने अदालतमा पनि उही दोभाषेकै सहयोगमा थुनछेक बहस गरिएको थियो । कास्की जिल्ला अदालतमा यस अघि पनि विभिन्न देशका नागरिकहरु विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले अदालतमा उभ्याएपछि उनीहरुको बयान लिँदा अदालतमा समस्या भएको थियो ।

Related Articles

Leave a Comment