Home » कास्कीमा बेलुका १० बजेपछि देउसी भैलो खेल्न नपाइने

कास्कीमा बेलुका १० बजेपछि देउसी भैलो खेल्न नपाइने

by newnagarikdiary
0 comment

कास्कीमा बेलुका १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गर्दै राति १० बजेपछि नखेल्न आदेश जारी गरेको हो । देउसी भैलो सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मयार्दित र अनुशासित रुपमा सञ्चालन गर्न पनि प्रशासनले भनेको छ ।

कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो नाचगान गर्न प्रशासनले सूचना जारी गरेको हो । तिहारमा मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि प्रशासनको आग्रह छ ।

प्रशासनले पटका, आतसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता विष्फोटक पदार्थ प्रयोग र निकासी, ओसारपोसारमा रोक लगाएको छ । मादक पदार्थ सेवन गरी होहल्ला नगर्नसमेत प्रशासनको सूचनामा भनिएको छ । प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न अनुरोध गरेको छ । सूचनामा भनिएभन्दा बाहिरका गतिविधि गरे कानुन बमोजिम कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।

Related Articles

Leave a Comment