Home » कास्कीमा पछिल्लो चार महिनामा थपिए १५ सय ५२ नयाँ मतदाता

कास्कीमा पछिल्लो चार महिनामा थपिए १५ सय ५२ नयाँ मतदाता

by newnagarikdiary
0 comment
 पोखरा 
पछिल्लो चार महिना यता कास्की जिल्लामा १ हजार ५ सय ५२ भन्दा बढी मतदाता थपिएका छन् । साउन यता ८ सय ९० पुरुष र ६ सय ६२ महिला गरी १५ सय ५२ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा हिजो आज दिनहुँ सय भन्दा बढी मतदाता थपिँदै जान थालेका छन् । निर्वाचन आयोगको कार्यालय पोखरामा अचेल दिनहुँ नयाँ मतदाता थपिन थालेका हुन् । इलाका प्रशासन कार्यालय लेखनाथ, जिल्ला प्रशासन कार्यालयबाट १६ बर्ष पुगी नागरिकता बनाउनेहरूको नाम स्वतः रजिस्ट्रेसन हुने गर्दछ भने १८ बर्ष पुरा भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम लेख्न सक्ने छन् ।

१८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा सूचीकृत हुने प्रावधान अनुसार ३ कार्यालयमा गरी अहिले कास्कीमा दिनहुँ १०० जना मतदाता थपिँदै गएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकृत रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन घोषणा नभएको समयमा निर्वाचन कार्यालयमा आवश्यक कागजातसहित गएमा मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ । इलाका प्रशासन र जिल्ला प्रशासनमा भने आयोगले नै निश्चित समयावधि दिएको हुन्छ ।

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन विशेष अभियानसमेत सञ्चालन गर्ने  तयारी समेत गरेको छ । अहिले सम्म कास्की जिल्लामा २ लाख ७७ हजार ९ सय ५३ जना मतदाता रहेका छन् ।

कास्कीमा चार जना तेस्रो लिङ्गी मतदाता समेत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Comment