Home » कालीगण्डकी कोरिडोरः सूर्य कन्ट्रक्सनको चरम लापरबाही, १५ दिन भित्र काम नगरे कालोसुचीमा राख्ने

कालीगण्डकी कोरिडोरः सूर्य कन्ट्रक्सनको चरम लापरबाही, १५ दिन भित्र काम नगरे कालोसुचीमा राख्ने

by newnagarikdiary
0 comment

कालिगण्डकी करिडोर अन्तर्गत फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको ट्राक वपन तथा स्तरोन्नति गर्ने जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रा.लि.को चरम लापर्बाहीको कारण उक्त खण्डले कुनै गति लिन सकेको छैन् । उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वत खण्डको फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको कामले कुनै गति लिन नसकेको हो ।
सम्झौता गरेको ५ बर्ष वितिसक्दा पनि सूर्य कन्ट्रक्सनले उक्त खण्डको काम गर्न आनाकानी गरिरहेको छ । नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन सहज किसिमले चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको खण्डमा ट्र्याक खोल्न बाँकी रहेको छ ।
कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि अब भने कार्बाहीको प्रक्रिया आगडी बढाईने भएको छ । सूर्य कन्ट्रक्सनलाई कालिगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले अन्तिम चेतावनी भन्दै १५ दिने अल्टिमेटम दिएर पत्र पठाएको छ । कार्यालयले १५ दिन भित्र काम सुचारु नगरे कम्पनिलाई कालोसुचीमा राख्ने चेतावनी दिएको छ ।
धेरै पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको भन्दै आयोजना प्रमुख कल्पना अधिकारीले दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि उसले बेवास्ता गरेको बताउनुभयो । आफुहरुले १५ दिनको अल्टिमेटम दिएको र १५ दिन भत्रिमा काम सुचारु नगरे कानूनबमोजिम कारवाही गरिने बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सूर्य कन्ट्रक्सनले पहिलो चरणको काम नसक्दा उक्त सडक खण्डको कालोपत्रेको लागि थप डेण्डर गर्न समेत बाधा पुगेको छ । १४ किलोमिटर सडक खण्डको लागि कार्यालयले ट्राक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ साल असार २२ गते सूर्य कन्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्ने मिति सकिएको भएता पनि पटक पटक म्याद थप गरिएको थियो । पर्वतको लाईफ लाईनको रुपमा हेरिएको कालिगण्डकी करिडोर अन्तर्गतको उक्त सडक खण्ड बाहेक अरु सबै सडक खण्डमा धमाधम कालोपत्रे गर्ने काम भईरहेको छ ।

Related Articles

Leave a Comment