Home » कार्य सन्तुलनका लागी सकारात्मक सोधखोज तालिम

कार्य सन्तुलनका लागी सकारात्मक सोधखोज तालिम

by newnagarikdiary
0 comment

सकारात्मक सोधखोज सम्बन्धि आयोजना गरिएको २ दिने तालिम आइतवार सम्पन्न भएके छ ।
शनिवार कार्यक्रम उद्धघाटन गरेर सुरु भएको तालिम कान्तिबाल अस्पतालको आयोजना तथा नेश्नल इस्टिच्युट फर क्यारियर डेभ्लपमेन्ट मिडिया हाउसको व्यवस्थापनमा
आईतवार सकिएको हो ।

तालिमको उद्घाटन कान्तिबाल अस्पतालका अध्यक्ष बाबुराम गौतमले गर्नुभएको थियो । डाक्टर, स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा काम गर्ने ४० जनालाई दिईएको तालिमको मुख्य उद्धेश्य घर र व्यवसायीक पेशालाई सन्तुलनमा राख्न सक्नु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय–गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख तथा डा. मदनकुमार उपाध्यायले यसप्रकारको तालिम हरेक क्षेत्रमा आवद्ध वगएका लागी आवश्यक रहेको तर्क गर्नुभयो । त्यस्तै कान्तिबाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले तालिमले सबैको वृद्धि विकासमा सहयोग पुग्ने तथा काम गर्ने जाँगर र गुणस्तर बढ्ने विश्वास व्यक्त गर्नुभयो । सकारात्मक सोंचको तालिमले सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको भन्दै कान्ति बाल अस्पताल नर्सिंग विभागकी प्रमुख सहप्राध्यापक रोशनीलक्ष्मी तुई तुईले सुभकामना दिनुभयो ।

कार्यक्रममा नेश्नल इस्टिच्युट फर क्यारियर डेभ्लपमेन्ट मिडिया हाउसकी कार्यकारी निर्देशक सहनशीला शर्माले खादा ओडाएर अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । बरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजनले प्रशिक्षण दिनुभएको तालिमको संयोजन अशेष खनाल र उज्ज्वलराज गौतमले गर्नुभएको थियो ।

Related Articles

Leave a Comment