Home » काठमाडौं महानगरमा १४५ शिक्षक आवश्यक

काठमाडौं महानगरमा १४५ शिक्षक आवश्यक

by newnagarikdiary
0 comment

काठमाडौं महानगरपालिकाले १४५ जना शिक्षकको माग गरेको छ ।
महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको हो । महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।

विभागले त्यसको लागि खुला विज्ञापन गरेको छ । विभागले गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको छ ।

Related Articles

Leave a Comment