Home » काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश

काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश

by newnagarikdiary
0 comment

पोखरा । पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश गरेको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शीताको खाँचो रहेको बताए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्यता नैै महत्वपूर्ण भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशिलताका कारण वेकरीले उचाइ लिन सफल भएको बताए । उनले पूँजी संगसंगै लगनशिलतामा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी विश्वशंकर पालिखेले बेकरीको क्षेत्रमा काठमाडौं बेकरीले आफ्नो भिन्नै पहिचान बनाउन सफल रहेको भन्दै प्रशंसा गरे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजु र संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले निरन्तरको मेहनत र धैर्यताले नै काठमाडौं बेकरी नव उद्यमीहरुका लागि मार्ग दर्शक र प्रेरणाको स्रोत बन्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बेकरीका सञ्चालक रोशन महर्जनले २०४९ सालमा ३ हजारको लगानीबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै अहिले बेकरीमा २५ करोडको लगानी रहको बताए । बेकरीले केक, कुकिज लगायत २ सय भन्दा बढी प्रकारका वस्तुहरु उत्पादन गर्दै आइरहेको छ ।

बेकरीले पोखराको लेकसाइड र सितलादेवी तथा भरतपुरको चैविसकोटी र सौराहाचोकमा शाखा सञ्चालन गरिसकेको छ भने काठमाडौंमा पनि छिट्टै शाखा विस्तार गर्ने तयारी रहेको संचालक महर्जनले बताए ।

उद्योगमा अहिले १ सय भन्दा बढीले रोजगारी पाएका छन् । १ हजार भन्दा बढीलाई बेकरी सम्बन्धि तालिम प्रदान गरिसकिएको छ । सो अवसरमा लामो समयदेखि बेकरीमा महत्वपूर्ण योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Related Articles

Leave a Comment