Home » कांग्रेस सहित चार दलको बैठक बालुवाटारमा जारी

कांग्रेस सहित चार दलको बैठक बालुवाटारमा जारी

by newnagarikdiary
0 comment

शिर्षक: कांग्रेस सहित चार दलको बैठक बालुवाटारमा जारी

चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थिति छ ।

बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले माधव कुमार नेपाललाई राष्टंरपति बनाउने सर्वसहमति गरेको थियो ।

Related Articles

Leave a Comment