Home » कांग्रेस सभापति शेरबहादुर देउवाको विमान दुर्घटनाको उद्धारमा खटिन निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाको विमान दुर्घटनाको उद्धारमा खटिन निर्देशन

by newnagarikdiary
0 comment

कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।

यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक संजालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिनुभएको हो । देउवाले उद्धारलाई प्रभावकारी बनाउन आवस्यक सबै प्रक्रिया अबिलम्ब सुरु गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् । ‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु । यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ’, उनले भनेका छन्, ‘साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु ।

Related Articles

Leave a Comment