Home » कांग्रेस माओवादी सहितको ८ दलिय गठबन्धन: राष्ट्रपति कांग्रेसलाई

कांग्रेस माओवादी सहितको ८ दलिय गठबन्धन: राष्ट्रपति कांग्रेसलाई

by newnagarikdiary
0 comment

कांग्रेस माओवादी सहितको ८ दलिय गठबन्धन: राष्ट्रपति कांग्रेसलाई

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले नेपाली कांग्रेसलाई दलले राष्ट्रपतिमा समर्थन गर्ने निर्णयमा पुगेका छन् ।

निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ । शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । तर ८ दलको बैठकमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ एकीकृत समाजवादीका अध्यक्ष नेपालले समर्थन गरे ।

स्रोतका अनुसार तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा)बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ । ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २/२/१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो ।

त्यो बेलामा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै माओवादीको बोली फेरियो । संसदको अधिकांश दलले प्रधानमन्त्रीलाई समर्थन गरेकाले राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको तर्क थियो । पार्टीबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गराएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस नेताहरुसँग निरन्तर सम्वादमा बसे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यमा असुरक्षित ठानेका उनलाई कांग्रेस नेताहरुले धोका नहुने आश्वासन दिए, प्रचण्डले राष्ट्रपतिको वचन दिए ।

शुक्रबार ८ दलको बैठकमा पनि उनी आफैंले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार अहिले पनि प्रचण्डले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ । त्यसपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । ‘कार्यकाल साढे २ वर्ष, १ र साढे १ वर्ष हुनेछ ।

यद्यपि नेताहरु औपचारिक रुपमा बोल्न तयार छैनन् । एमाले सरकारमै रहेकाले प्रधानमन्त्रीमा आलोपालो र सरकारमा सहभागिताबारे एजेण्डा बनाएर छलफल नगरेको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने पक्का जस्तै छ । उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिनेछ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख भने फेरिने छैन । एमालेका घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख/उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।

Related Articles

Leave a Comment