Home » कांग्रेस एमाले दुवै प्रतिपक्ष हुनेभएपछी चैत ५ गतेसम्म संसद स्थगीत

कांग्रेस एमाले दुवै प्रतिपक्ष हुनेभएपछी चैत ५ गतेसम्म संसद स्थगीत

by newnagarikdiary
0 comment

कांग्रेस एमाले दुवै प्रतिपक्ष हुनेभएपछी चैत ५ गतेसम्म संसद स्थगीत
दुई शिर्ष दल नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ ।

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुई शिर्ष दलले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराएसंगै । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरेको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको नेपाली कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । तर कांग्रेस सरकारमा गइसकेको भने छैन ।

Related Articles

Leave a Comment