Home » कांग्रेसले पायाे प्रमुख प्रतिपक्षी दलकाे मान्यता

कांग्रेसले पायाे प्रमुख प्रतिपक्षी दलकाे मान्यता

by newnagarikdiary
0 comment

संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।

प्रमुख विपक्षी दल कांग्रेस हाे या हाेईन भन्ने बहस चलिरहेका बेला सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा-सुविधा प्राप्त हुने जानकारी गराएको छ ।

यसअघि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै संसदीय दलका नेताले कानुनबमाेजिम पाउनुपर्ने सेवा-सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । हाल प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसंगै कांग्रेसले प्रमुख प्रतिपक्ष दलकाे हैसियत गुमाएकाे बहस उठिरहेकाे छ।

Related Articles

Leave a Comment