Home » कांग्रेसले उम्मेद्वार टुङ्गो लगाउँदै: रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेद्वार हुने सम्भावना

कांग्रेसले उम्मेद्वार टुङ्गो लगाउँदै: रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेद्वार हुने सम्भावना

by newnagarikdiary
0 comment

कांग्रेसले उम्मेद्वार टुङ्गो लगाउँदै: रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेद्वार हुने सम्भावना

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन् । सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिमा कांग्रेसलाई समर्थनसँगै नेताहरूले ‘पुरानो गठबन्धन ब्युँतिएको’ व्याख्या गरेका छन्।
सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रबल सम्भावना रहेको छ । कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवाको सहानुभूति पौडेलप्रति रहने चर्चा पनि छ । १४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए। त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए।

Related Articles

Leave a Comment