Home » कर्मचारी सरुवा–बढुवामा एकरूपता ल्याउन कर्मचारी सूचना प्रणाली सुरु

कर्मचारी सरुवा–बढुवामा एकरूपता ल्याउन कर्मचारी सूचना प्रणाली सुरु

by newnagarikdiary
0 comment

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब कर्मचारीको सरुवा–बढुवामा एकरूपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलवार शुभारम्भ गर्दै उहाँले सूचना प्रणाली लागू भएसँगै प्रदेश अन्तर्गतका सबै क्रर्मचारहरुको प्रत्येक व्यक्तिगत वितरण तयार गरिने बताउनुभयो ।

प्रदेश स्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको प्रदेश प्रमुख सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।

यो प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्ला मात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दीमध्ये २ हजार मात्र पूर्ति भएको छ ।

कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुने दाबी प्रदेश सरकारले गरेको छ ।

गण्डकी प्रदेश यो प्रणाली लागु गर्ने पहिलो प्रदेश बनेको छ ।

Related Articles

Leave a Comment