Home » कर्णालीमा लगातार हिमपात पर्दा जनजीवन प्रभावित

कर्णालीमा लगातार हिमपात पर्दा जनजीवन प्रभावित

by newnagarikdiary
0 comment

कर्णालीमा लगातार हिमपात पर्दा जनजीवन प्रभावित भएको छ ।

सोमबार देखि मुगु, हुम्ला, जुम्ला, डोल्पालगायत जिल्लामा परेको हिमपातका कारण अत्यधिक चिसो बढेर स्थानीयलाई आउजाउ गर्न, पशु चौपायाको हेरचाह गर्न र दैनिक कामकाज गर्न समस्या भएको छ । खानेपानीको धारामा बरफ जम्दा खानेपानी अभाव भएको र हुम्लामा तीन दिनदेखि हवाई उडान पनि हुन सकेको छैन् ।

कर्णालीका केही जिल्लामा हाल एकछिन मौसम खुल्ने र फेरि हिउँ पर्न सुरु गर्दा स्थानीयलाई घरबाहिर निस्कन र खेतीपातीको काममा कठिनाइ समेत भएको छ । जिल्लाभरिका सरकारी कार्यालयमा सेवाग्राहीको संख्या पनि शून्य छ भने विद्यालय खुल्न सकेका छैनन् । हिमपातले कर्णालीका हिमाली जिल्लामा उडान नहुँदा र सडक यातायात सेवा नभएको हुम्लामा झन्डै ३ सय यात्रुहरू अलपत्र परेका छन् । धावनमार्गमा बाक्लो हिउँ जमेपछि सुर्खेत र नेपालगन्जदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भर्न नसक्दा मुगुदेखि सुर्खेत र नेपालगन्ज झर्ने यात्रु अलपत्र परेका छन् ।

Related Articles

Leave a Comment