Home » एमाले महाधिवेशनः १० बजे बन्द सत्र, ओलीले पदाधीकारीहरुको नाम प्रस्ताव गर्दै

एमाले महाधिवेशनः १० बजे बन्द सत्र, ओलीले पदाधीकारीहरुको नाम प्रस्ताव गर्दै

by newnagarikdiary
0 comment

नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण अधिकार दिइएको छ ।
चितवनमा पार्टीको

दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजोबाट सुरु भएको बन्दसत्रमा हलले अध्यक्ष ओलीलाई सर्वसम्मतिका लागि अधिकार प्रदान गरेको हो । एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेको छ ।

साथै नेताहरुले पनि सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंगिने भएका छन् । आज नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुने छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रले शुक्रबार चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको १५ औँ बैठकले गरेको प्रस्ताव पारित गरेको छ । दशौँ महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले बताउनु भयो ।

बन्दसत्रले पारित गरेका प्रस्ताव यस्ता छन् :
१) १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने छ ।

२) कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने छन् ।
३) पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकार सहित पदेन केन्द्रीय सदस्य रहने छन् ।

४)पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ ।

५) केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुनेछन् ।
६)स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुनेछन् ।

७। प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ । बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।

जसअनुसार,
प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने

उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने

सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने

आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने

तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने

दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने

थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने

मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने

श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने

पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने

खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने

८) केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने ।

९) बन्द सत्रका अन्य कार्यक्रम मिति २०७८ साल मंसिर १२ गते विहान १० बाट शुरु हुनेछ ।

Related Articles

Leave a Comment