Home » एमाले प्रदेश कमिटिमा भुसाल मनोनित, राजनितिमा युवाको प्रवेशले उत्साह

एमाले प्रदेश कमिटिमा भुसाल मनोनित, राजनितिमा युवाको प्रवेशले उत्साह

by newnagarikdiary
0 comment

विश्व युवा संगठनका उपाध्यक्ष तथा युवा संघका केन्द्रिय सदस्य सुन्दर भुसाल नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्यमा मनोनित भएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिको सोमबार बसेको बैठकले उनलाई प्रदेश कमिटिमा मनोनित गरेको हो । राजनितिमा युवाहरुले अवसर नपाएको आवाज बाहिर आईरहेको वर्तमान अवस्थामा युवाहरुको राजनितिमा प्रवेश सँगै नयाँ आशा र उत्साहको सञ्चार गरेको छ । नेपालको राजनीतिकमा युवाहरूको पहुँच नगण्य रूपमै छ । एमाले प्रदेश कमिटिमा भुसालको प्रवेशले युवाहरुमा समेत उत्साह थपिएको छ । राजनीतिमा युवाहरुको प्रवेशले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक,पूर्वाधारलगायतका क्षेत्रमा युवा पंक्तिको नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नु अपरिहार्य छ युवा जगत लामिछानेले भने, अब युवाहरुले सबै स्थानमा आफ्नो भुमीकालाई बढाउदै लैजानुपर्छ । राजनीतिले देशलाई कुन दिशातर्फ लैजाने, कसरी मुलुक र नागरिकको समग्र विकास र आर्थिक, सामाजिक रूपान्तरण हुन सक्छ भन्ने बहुआयामिक पक्षसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ, त्यस्तो ठाउँमा युवा पत्तिंmको उपस्थितीले मजबुत बनाउन सहयोग पुग्नेछ भने

अर्को तिर तिनलाई पूरा गर्ने जिम्मेवारी पनि युवाकै हातमा हुनेछ । राजनीतिमा दूरदर्शी युवा नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन प्रमुख भूमिका निर्वाह गर्न सक्छ ।
प्रदेश कमिटि सदस्यमा मनोनित भुसालले हामी सँगको कुराकानीमा युवाको मात्र नभएर आफुले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र अन्य विकास निर्माण र समृद्ध मुलुक निर्माणका सबालमा आफुले सशक्त रुपमा आवाज उठाउदै जाने बताउनुभयो ।

सफल युवा उद्यमी समेत रहेका भुसाल सँगै प्रदेश कमिटिमा विहादी गा.पा.बाटै अनिल मास्के पनि प्रदेश कमिटिमा मनोनित भएका छन् । यस अघि विहादी बाटै राम गिरी प्रदेश कमिटि सदस्यमा थिए । भुसाल र मास्केको प्रवेश सँगै एमाले प्रदेश कमिटिमा विहादी बाट तिन जनाले आफ्नो स्थान बनाउन सफल भएका छन् ।

Related Articles

Leave a Comment