Home » एमाले पोखरा अध्यक्षमा न्यौपाने निर्वाचित, यी हुन अन्य पदाधिकारी

एमाले पोखरा अध्यक्षमा न्यौपाने निर्वाचित, यी हुन अन्य पदाधिकारी

by newnagarikdiary
0 comment

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने निर्वाचित हुनुभएको छ । पोखरा महानगर कमिटीको अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चुनिएको हो । अध्यक्ष न्यौपाने विद्यार्थी राजनीति हुदै महानगर कमिटी पूर्वसचिव हुनुहुन्थ्यो । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिईएता पनि अन्त्यमा भने सहमति आउनुभयो ।
पोखरा महानगर कमिटीका उपाध्यक्षमा मोहन गुरुङ र सचिवमा पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य सर्वसम्मत रुपमा चयन हुनुभयो भने उपसचिवमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमाले महानगर कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव १÷१ हुने व्यवस्था छ । महानगर कमिटिमा धेरै आकंक्षी भएता पनि बिहीबार साँझसम्म सदस्यमा पनि सर्वसम्मति भएको छ ।
महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २६ जना निर्विरोध चयन भएका छन् । वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४ बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायणप्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३ बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १८ बाट तिलबहादुर जिसी, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोदकुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका छन् ।
जनजाति महिला सदस्यमा शान्ति शेरचन, चन्द्रा जिसी, सेतीमाया गुरुङ, पवित्रादेवी गुरुङ र शान्ति गुरुङ सर्वसम्मत भए । जनजाति पुरुष सदस्यमा कमल श्रेष्ठ, सफल लामा, मानबहादुर मगर र नगेन्द्रबहादुर कुमाल सर्वसम्मत भएका छन् । दलित खुलाबाट चन्द्रकिशोर गौतम, भीमबहादुर नेपाली, मेखबहादुर विक र रोहित नेपाली सदस्य भएका छन् । अल्पसंख्यक महिला सदस्य लज्जावती दुरा चुनिइन् । महिला अपांग सदस्यमा अन्जना केसी निर्वाचित भइन् । सम्झना थापा क्षेत्री महिला श्रमिक सदस्य भएकी छन् ।

Related Articles

Leave a Comment