Home » एमाले पर्वत अधिवेशनः उद्धघाटन सत्र सकियो,बन्द सत्र शनिबार, सहमतिका लागि नेताहरुको दौडधुप

एमाले पर्वत अधिवेशनः उद्धघाटन सत्र सकियो,बन्द सत्र शनिबार, सहमतिका लागि नेताहरुको दौडधुप

by newnagarikdiary
0 comment

पर्वत नेकपा एमाले पर्वतको जिल्ला अधिवेशन आजदेखि शुरु भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट उद्घाटन गर्नुभएको जिल्ला अधिवेशन आजका लागि स्थगन भएको छ । अध्यक्ष ओलीको सम्वोधनपछि केन्द्रीय सदस्य , प्रदेश कमिटिका नेता र जिल्ला स्तरका नेताले सम्वोधन गर्नुभएको थियो । सो अवसरमा बोल्दै नेताहरुले नेकपा एमाले बिरुद्ध अहिले चौतर्फी घेराबन्दी भैहेरहेको बताउँदै आगामी निर्वाचनवाट सवैलाई परास्त गरिने बताएका छन् । नेकपा एमाले नेतृत्वको सरकारले शुरुवात गरेका धेरै कामहरु अझै पुरा गर्न बाँकी रहेको बताउँदै अबको निर्वाचनवाट पुनः सरकारको नेतृत्वमा एमाले नपुगेसम्म मुलुक र आम नेपालीको जीवनस्तर परिवर्तन हुन नसक्ने बताए ।
नेताहरुले बर्तमान गठवन्धन लामो समय नटिक्ने समेत बताएका छन् । यो गठवन्धन चुनावसम्मै रहेपनि नेकपा एमाले एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै कार्यकर्ताहरुलाई टोल टोल बाट नयाँ जागरणका साथ अघि बढ्न समेत आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई , केन्द्रीय सदस्य तथा सहइन्चार्ज सांसद पदम गिरी , नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी ,गण्डकी प्रदेशका पुर्व मन्त्री तथा   प्रदेश कमिटि सचिवालय सदस्य विकास लम्साल , मनोहर वि पौडेल , प्रेमुकमार लामिछाने , मेघनाथ सुवेदी , अनुशासन आयोगका केन्द्रीय सदस्य गणेश शर्मा पौडेल , नेकपा एमाले पर्वतका संस्थापक तोयानाथ चालिसे , एमाले पर्वतका उपसचिब गोविन्द पहाडी लगायतले सम्वोधन गर्नुभएको थियो । एमाले पर्वतका कार्यवाहक अध्यक्ष भक्त कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब पदमपाणी शर्माले गर्नुभएको थियो । आज उद्घाटन कार्यक्रम भएपछि भोली सम्मका लागि स्थगन गरिएको छ । आजै साँझ जिल्ला कमिटिको बैठक बस्नेछ भने भोलीदेखि शुरु हुने बन्दसत्रमा पाटींको सांगठिनक , आर्थिक प्रतिवेदन पेश गरिने छ ।
अधिवेशनमा जिल्लाभरवाट ४ सय १६ प्रतिनिधिहरु सहभागि भएका छन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई उपसचिब ५ सहित ९० सदस्यीय जिल्ला कमिटि निर्वाचित हुनेछन् ।
अध्यक्षमा कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, महाशिलाका अध्यक्ष राजु प्रसाद पौडेल, फलेवासका मेयर पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डे र जिल्ला उपसचिब गोबिन्द पहाडीको नाम चर्चामा छ । जिल्ला अध्यक्षमा पाँच जनाको दाबी रहेता पनि राजु प्रसाद पौडेललाई अध्यक्ष दिने गरि नेतृत्व तहमा करिब करिब समझदारी भएको बुझिएको छ । तर कार्यबहाक अध्यक्ष भक्त कुवँरले आफु पछाडी नहट्ने अडान लिदै आएका छन् । यदि कुँवर पछाडि नहटे जिल्ला अध्यक्षमा पौडेल र कुँवरको प्रतिस्पर्धा हुनेछ । उपसचिव समेत रहेका पहाडीलाई सचिब बनाउने तयारी छ । उपाध्यक्ष पदमपाणी शर्मालाई बनाउने तयारी छ । अन्य दुई उपसचिबमा शिव पौडेल, जिवन उच्चै ठकुरी, महेन्द्र कुमार श्रेष्ठ र बिमल लामिछाने मध्ये बाट हुने बुझिएको छ । अहिँले सहमतिका लागि नेताहरुको दौडधुप चलिरहेको छ ।

Related Articles

Leave a Comment