Home » एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी

एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी

by newnagarikdiary
0 comment

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन विवादमा परेको छ । सर्वसम्मतरूपमा छनोट गरिएका प्रतिनिधि बदर गरि निर्वाचनमार्फत छनोट गर्नुपर्ने भन्दै केन्द्रीय कमिटिमा उजुरी परेको छ ।

देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

तर, निर्वाचन समितिले भने सबै प्रतिनिधि सर्वम्मतरुपमा चयन भएको भनेर १३ जनाको नाम घोषणा गरेको छ ।यता विहादी गाउँपालिका बाट एक जना पनि महाधिवेशन प्रतिनिधि छनौट नभएको भन्दै विहादीवासीले पनि असन्तुष्टि जाहेर गरेका छन् । कुश्मा नगरपालिका बाट ४ जना छनौट हुदाँ विहादी बाट एक जना पनि छनौट नहुनु दुखद भएको भन्दै एमाले कार्यकर्ता रुष्ट छन् । दक्षिण पर्वतलाई उपेक्षा गरिएको भन्दै सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएकाछन् ।

Related Articles

Leave a Comment