Home » एमाले कास्कीको अध्यक्षमा गुरुङ निर्वाचित

एमाले कास्कीको अध्यक्षमा गुरुङ निर्वाचित

by newnagarikdiary
0 comment

नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मान बहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।  १० औँ जिल्ला अधिवेशनको हिजो भएको निवार्चनमा अध्यक्षका प्रत्यासी दामोदर वैरागीलाई ५१ मत अन्तरले गुरुङले जित हासिल गर्नु भएको हो ।

अध्यक्षमा गुरुङले ४ सय ५६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी वैरागीले ४ सय ७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष  तेजनारायण अधिकारी ४ सय २१ म प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रभा कोइरालाले ४ सय १३ मत प्राप्त गर्नु भयो ।

यस्तै सचिवमा बैन बहादुर अधिकारी ४ सय ७५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी विष्णु बहादुर के.सीले ३ सय ६४ मत ल्याउनु भएको थियो ।उप सचिव  दर्शन लामा  ५ सय ४०  मत ल्याउँदा इमान राज पौडेलले ३ सय ५५ मत ल्याउनु भएको छ । अर्का उप महासचिव नवराज ओझा ४ सय ४३ मत ल्याउँदा मनभुजा विकले २ सय ३७ मत प्राप्त गर्नु भएको छ ।

अध्यक्षमा गुरुङ निवार्चीत हुँदा अन्य पदाधिकारीमा भने वैरागी प्यानलका उम्मेदवारहरूले जित हासिल गरेका छन् । नेकपा एमाले कास्की १०औ अधिवेशनमा कुल  ८९५ मत खसेको थियो ।

Related Articles

Leave a Comment