Home » एमाले अधिवेशनः पैंयु र जलजलामा सर्वसम्मत नेतृत्व, विहादीमा कार्यदल गठन

एमाले अधिवेशनः पैंयु र जलजलामा सर्वसम्मत नेतृत्व, विहादीमा कार्यदल गठन

by newnagarikdiary
0 comment

नेकपा एमाले पर्वतले मंगलबार तीन वटा स्थानीय तहमा पालिका स्तरीय अधिबेशन शुरु गरेकोमा दुई वटा स्थानीय तहमा पालिका स्तरीय समिति चयन गरेको छ । फलेवास नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा अधिबेशन शुरु भएको हो । फलेवास नगरपालिका बिबादका कारण स्थगित भएको छ । प्रतिनिधी चयन सम्बन्धी खानीगाउँमा बिबाद रहेको थियो । त्यहि कारण अधिबेशन स्थगित भएको हो ।

प्रतिनिधीको बारेमा बिबाद भएपछि अघिल्लो प्रक्रियामै प्रवेश नगरि अधिबेशन सरेको हो । पैयुँ गाउँपालिकाको अध्यक्षमा चोकलाल न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । न्यौपानेको अध्यक्षतामा ७५ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा बिष्णुप्रसाद काफ्ले, सचिवमा जिवलाल बस्याल, उपसचिवमा बालकुमार क्षेत्री र ज्ञानुमाया चापागाइ क्षेत्री चयन हुनुभएको छ । जलजला गाउँपालिका स्तरीय कमिटिमा लालबहादुर अधिकारी सर्बसम्मत अध्यक्ष बन्नुभएको छ । अन्य कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ । अध्यक्षमा लालबहादुर अधिकारी, उपाध्यक्षमा बावुराम कार्की,सचिवमा महेन्द्र रेग्मी, उपसचिवमा विकास गिरी र निलकण्ठ सुवेदी लगायत पालिका कमिटी सदस्य सर्वसम्मत चयन हुनुभएको हो ।

बिहादि गाउँपालिकामा सहमतिमा अधिबेशन सम्पन्न गर्ने प्रयास गरिएको छ । अध्यक्षमा तिन जनाको दाबि छ । वडा नं. २ का वडाध्यक्ष ओमप्रसाद कँुवर,  दुर्गाप्रसाद भुसाल र खोवनाथ ज्ञवाली अध्यक्षका दाबेदार छन । सहमतीका लागि कार्यदल गठन भएको छ । युवा संघका केन्द्रिय सद्स्य तथा विश्व युवा संगठनका उपाध्यक्ष सुन्दर भुसालको पहलमा कार्यदल गठन गरेर सहमतिको प्रयास भएको छ । पटक पटककाे छलफलले कुनै निकास नदिए पछि कार्यदल गठन गरि उक्त कार्यदलले गरेको निर्णय लाई सबैले स्विकार गर्ने सहमति भएको बताईएको छ । । युवा नेता भुषालले पार्टी हाक्न सक्ने क्षमतावान व्यक्ति लाई नेतृत्वमा ल्याउनुपर्ने सुझाए । कार्यदलले टुंगो लागाएपछि विहादीमा अधिवेशन भने शनिवार गरिने भएको छ ।

बिहादी सहित कुश्मा नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकामा भने अधिबेशन शुरु भएको छैन । अहिलेसम्म कुश्मा नगरपालिका वडा नम्बर १० र १२, फलेवास नगरपालिका ३ र ५ , मोदी गाउँपालिका ७, महाशिला गाउँपालिकाका ६ वटै वडामा वडा कार्यसमितिको निर्वाचन हुन बाँकी रहेको जिल्ला उपसचिव गोबिन्द पहाडीले जानकारी दिनुभयो । पालिका स्तरीय अधिबेशन सकिएपछि जिल्ला अधिबेशन गरिने भएको छ । यद्यपी अहिले सम्म जिल्ला अधिबेशनको मिति तोकिएको छैन । स्थानीय तहको निर्वाचन चैतमा हुने भएकाले त्यसपछि मात्रै जिल्ला, प्रदेश र केन्द्रको अधिबेशन हुने नेकपा एमालेले जनाएको छ । तत्कालिन नेकपा विभाजित भई नेकपा एमाले अलग्गै पार्टी भएपछि देशैभरि एमालेले पहिलो अधिबेशन सम्पन्न गर्न लागेको हो ।

Related Articles

Leave a Comment