Home » एमसीसी नेपालको हितमा छः प्रधानमन्त्री देउवा

एमसीसी नेपालको हितमा छः प्रधानमन्त्री देउवा

by newnagarikdiary
0 comment

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे ।उनले भने, राष्ट्रघाती भन्नेले पढ्या

छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्टघात गरौंला ।’

Related Articles

Leave a Comment