Home » एनजिएम हिरोले दियो स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री

एनजिएम हिरोले दियो स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री

by newnagarikdiary
0 comment

एनजिएम हिरोले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । हिरो एक्स पल्सको अफ रोड सेग्मेन्टमा सफल भएको उपलक्ष्यमा हिरो मोटर साइकलको आधिकारीक बिक्रेता ज्योती ग्रुप अन्तरगतको नेपाल जनरल मार्केटिङ ( एनजिएम हिरो) ले आज एक कार्यक्रमका गरी प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोराना रोकथाम तथा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिइ, सेनिटाईजर, मास्क, पञ्जा लगायतका सामाग्री प्रदान गरेको एनजिएम हिरो स्वरुम कास्कीका ब्रान्च म्यानेजर दीपक नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार ७५ थान पिपिई सेट, १० लिटर सेनिटाईजर, ५० बक्स डिस्पोजयबल मास्क, ५० पिस एन–९५ मास्क र २० बक्स डिस्पोजयबल ग्लब्स प्रदान गरिएको छ ।
समाग्री प्रदान गर्दै हिरोको वस्टर्न रिजनल म्यानेजर एफ्टर सेल्स प्रकाश फुयाँलले कोभिड–१९ बिरुद्धको लडाँईमा स्वाथ्यकर्मीको मनोबल उच्च बनाउनुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताउनुभयो ।
सहयोग सामान बुझ्दै प्रतिस्ठानका निर्देशक डा.खत्रीले स्वास्थ्य सामाग्री सहयोग गर्ने एनजिएम हिरोलाई धन्यवाद दिनुभयो । अहिले कोरोना भाइरसको संक्रमण दर केहि मात्रमा कम भए पनि जोखिम भने कायम नै रहेको बताउनु भयो । कोरोना बिरुद्धको लडाईमा नागरिक तहबाट नै आफु स्वयम सचेत नभए सम्म भाइरस फैलन नरोकिने भन्दै स्वास्थ्य सर्तकता अपनाउन सबैलाई आग्रह गर्नु भयो ।

राईडिङ क्याम्पिङ पनि आजै

हिरो एक्स पल्स २०० को अफ रोड सेग्मेन्टमा सफल भएको उपलक्ष्यमा एनजिएम हिरोले आजै मोटर साइकल राईडिङ क्याम्पिङ पनि सम्पन्न गरेको छ । एनजिएम हिरोको सोरुम नयाँबजारबाट सुरु भएको मोटरसाइकल ¥यालि पृथ्वी चोक, जिरो कि.मी, विन्दावासीनी, सराङ्कोट, नागडाँडा पुगेको थियो । यसैगरी नागडाँडाबाट हेम्जा, लामाचौर, बगर, महेन्द्रपुल, रानीपौवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

हिरोको दशैं तिहार अफर
यस बर्षको दशैं तिहारका लागि एनजिएम हिरोले हात खाली नजाने बिशेष अफर ल्याएको छ । यस बर्षको दशैं तिहारमा हिरो कुनै पनि बाइक खरिद गर्दा रु पाँच हजार सम्मको नगद छुट दिने भएको छ । साथै स्क्राच कुपनमा रु एक हजार देखि रु एक लाख सम्मको नगद उपहार योजना ल्याएका एनजिएम हिरो सोरुमले जानकारी दिएको छ । यस्तै हरेक पन्ध्र दिनमा एकजनालाई गोलाप्रथा गरी रु एकलाख बम्परमा उपहार दिने भएको छ ।

Related Articles

Leave a Comment