Home » एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३-१३ सिटमा खुम्चिने: नेकपा एस

एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३-१३ सिटमा खुम्चिने: नेकपा एस

by newnagarikdiary
0 comment

नेकपा एकीकृत समाजवादीले एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३-१३ सिटमा खुम्चिने निष्कर्ष निकालेको छ ।

माओवादी एक्लै चुनाव लडेको भए चार सीट मात्रै प्रतिनिधिसभामा जित्न सक्ने दाबी नेकपा एसले गरेको छ । नेकपा एसले एमालेले महोत्तरी १, सिराहा १, सिराहा ३, सर्लाही ३, धनुषा ४, बारा १, बारा ३ र पर्सा ३ मा जसपाको मत पाएर जितेको दाबी गरिएको छ । रुपन्देही १ र २ मा राप्रपाको मत पाएर जितेको प्रतिवेदनमा उल्लेख छ ।

२१ वटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रको मत पाएर कांग्रेस विजयी भएको नेकपा एसको दाबी छ ।
यस्तै आफ्नो पार्टीले समानुपातिकतरफ प्राप्त गरेको मत नपाएको भए १४ क्षेत्रमा कांग्रेस पराजित हुने पनि दाबी गरिएको छ ।
यस्तै माओवादी केन्द्र एक्लै चुनाव लडेको भए गोरखा २, रोल्पा १, रुकुम पूर्व १ र रुकुम पश्चिम १ गरी जम्मा ४ क्षेत्रमा मात्रै जित्ने नेकपा एसको निष्कर्ष छ ।

नेपाली कांग्रेसको मतले माओवादी १० ठाउँमा विजयी भएको दाबी गरिएको छ । मोरङ ४, सर्लाही २, सिन्धुली २, सिन्धुपाल्चोक १, काभ्रे १, नुवाकोट १, बागलुङ २, कालिकोट १, जाजरकोट १ र हुम्ला १ कांग्रेसको मत पाएर माओवादी विजयी भएको दाबी नेकपा एसको छ ।

Related Articles

Leave a Comment