उपेन्द्र यादव: मोर्चा कसैप्रति लक्षीत छैन कोही बर्बराउनु पर्दैन
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको बताएका छन् ।
समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरु बर्बराउन थालेको बताउँदै उनले चार दल मिलेर साझा कुराहरुमा आफूहरु अगाडि बढने बताए । यादवले भने दलहरुको आआफ्नो विचार र दृष्टिकोण छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्छौं । यो मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क हुनुपर्छ । हुन त मोर्चा र गठबन्धन बन्दै भत्किँदै गरेकाले के हो, कसो हो भन्ने लागेको पनि हुनसक्छ । त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक रुपमा अगाडि बढाएका हौं । यो आफ्नो लक्ष्यअनुसार बढ्नेमा ढुक्क छौं । यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन । हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौं । यो कसैको विरुद्धमा लक्षित छैन ।