Home » उपसभामुखमा १६६ मतसहित ईन्दिरा राना मगर निर्वाचित

उपसभामुखमा १६६ मतसहित ईन्दिरा राना मगर निर्वाचित

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएसंगै उपसभामुखमा ईन्दिरा राना मगर निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।

Related Articles

Leave a Comment