Home » उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबिच शिष्टाचार भेटवार्ता

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबिच शिष्टाचार भेटवार्ता

by newnagarikdiary
0 comment

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच शिष्टाचार भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको हो ।

नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे।

यस्तै चीन सरकारको सहयोगबाट मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गरे। सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

Related Articles

Leave a Comment