Home » उपप्रधानमन्त्रीकाे झुण्डकाे औचित्य छैन : प्रभु शाह

उपप्रधानमन्त्रीकाे झुण्डकाे औचित्य छैन : प्रभु शाह

by newnagarikdiary
0 comment

प्रभु शाहले यति धेरै उपप्रधानमन्त्रीकाे अाैचित्य नरहेकाे बताएका छन।

प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थनका क्रममा शाहले पदहरु आवश्यकतामा अाधारमा मात्रै बाँडफाँड हुनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ’ उनले भने । अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् ।
सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।

भागवण्डाको राजनीति भनेको व्यक्ति खुशी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्ने साहले बताए ।

पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने भन्दै उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटोमा नजाने बताए ।

Related Articles

Leave a Comment