Home » आसन्न निर्वाचनमा विजयी बन्नेमा ढुक्क छु– पम्फा भुसाल

आसन्न निर्वाचनमा विजयी बन्नेमा ढुक्क छु– पम्फा भुसाल

by newnagarikdiary
0 comment

उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवं नेकपा माओवादी केन्द्र की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् ।

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेष गरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन् ।\

Related Articles

Leave a Comment