Home » आज माघे संक्रान्ति पर्व

आज माघे संक्रान्ति पर्व

by newnagarikdiary
0 comment

आज देशैभर माघे संक्रान्ति पर्व मनाइँदै छ ।

विशेषगरी यो पर्व मगर र थारु रसमुदायले निकै धुमधामकासाथ मनाउने गर्छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिएको हो । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनमा स्नान, जप, तप, ध्यान साधना, दान गरेमा पुण्यदायक मानिन्छ । यसैले माघे संक्रान्तिको दिनमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने पनि विश्वास गरिएको छ ।

Related Articles

Leave a Comment