Home » आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, ‘इन्टरनेस्नल फ्लाइट ’ जेठ २ बाट हुने

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, ‘इन्टरनेस्नल फ्लाइट ’ जेठ २ बाट हुने

by newnagarikdiary
0 comment

बैशाख ८ पोखरा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार) देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ ।
विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आएपनि अन्तराष्ट्रिय उडान भने आगामी जेठ २ गतेदेखि शुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलको पुरानो एक हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तराष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावन मार्ग सञ्चालन गरिएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए ।
तथापि, अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

Related Articles

Leave a Comment