Home » सरकारद्वारा आइतबार विदा दिने निर्णय खारेज

सरकारद्वारा आइतबार विदा दिने निर्णय खारेज

by newnagarikdiary
0 comment

काठमाण्डौं । यही असारदेखि आइतबार दिइएको साप्ताहिक विदा खारेज गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिए।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

Related Articles

Leave a Comment