Home » असहमतिले फुटको संघारमा एमाले – माओवादी

असहमतिले फुटको संघारमा एमाले – माओवादी

by newnagarikdiary
0 comment

शिर्षक: असमतिले फुटको संघारमा एमाले – माओवादी

राष्ट्रपतिको बिषयमा सहमति जुटाउन नसक्दा सत्ता गठबन्धन भत्किने खतरा बढेको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल सुरु भएसंगै सत्ता गठबन्धनभित्र विवाद चुलिएको छ । पुष १० को सहमति अनुसार एमालेले राष्ट्रपतिमा अडान छाडेको छैन भने आफैले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउनेगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रस्ताव गरेका छन् ।

ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेर पाँच दलीय गठबन्धनमा असहमति बढाउन खोजेको माओवादीको बुझाइ छ । बुधबार साँझ कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरु बालुवाटार पुगेका थिए।

बैठकमा राष्ट्रपतिमा सहमति जुटाएर पाँच दलीय गठबन्धन ब्युताएर अघि बढ्नेबारे छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।

बुधबार कांग्रेस नेताहरु बालुवाटार जानुअघि नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

कांग्रेसबाट राष्ट्रपतिमा सभापति देउवासहित राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चर्चामा छन् । उक्त निर्णय लिन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

Related Articles

Leave a Comment