Home » अर्चलबोटमा कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा, सामानमा १५ प्रतिशत छुट

अर्चलबोटमा कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा, सामानमा १५ प्रतिशत छुट

by newnagarikdiary
0 comment

पोखरा
पोखरा महानगरपालिका वडा नं. २ स्थित अर्चलबोटमा कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । ३ करोडको लागानीमा सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रा.लि.ले पोखरा–बाग्लुङ हाइवेमा विभिन्न क्षेत्रका ग्राहकलाई लक्षित गरी कञ्चन डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याईएको हो । उक्त डिपार्टमेन्ट स्टोर्सको पोखरा महानगरपनलिमन वडा नं. २ का वडाध्यक्ष रामेश्वर मल्ल र ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजुले शुक्रबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुले सेवा र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोडदिनुभयो । उहाँहरुले कञ्चन डिपार्टमेन्ट स्टोर्स नागरिकलाई आवश्यक पर्ने आधारभुत तथा दैनिक उपभोग्य सामाग्री एउटै छानामुनी सहज र सुपथ मुल्यमा पाउने वातवरण तयार गरेकोमा खुसी व्यक्त गर्दै डिपार्टमेन्ट स्टोर्सले सम्पूर्ण ग्राहकको मन जित्न सफल रहनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
खाद्यान्न,, किचन आईटम, कस्मेटिक्स, जुस तथा मदिरा लगाएतका चिबिजहरु एउटै छानोमुनी व्यवस्था गरिएको कञ्चन क्यापिटल प्रा.लि.का अध्यक्ष विमालमान गुवाजुले जानकारी दिनुभयो । बागलुङ बसपार्क, अर्चलबोट, भैरवटोल, नालामुख, विन्ध्यबासिनीलगायतका ठाउँका स्थानिय तथा हेमजा, सुईखेत, नाउडाँडा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ जाने यात्रुलाई लक्षित गरि डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको बताउनुभयो । आज बाट औपचारिकरुपमा शुरुवात गरिएको उक्त स्टोर्समा तिहार सम्म हरेक सामाग्रीहरुमा ७ देखि १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । सम्पूर्ण सामान एउटै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य अनुरुप डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष गुवाजुले पोखरा–बाग्लुङ हाईवेमा रहेको उक्त स्टोर्स बाट पोखरा बाहेक पनि पर्वत,बाग्लुङ र म्याग्दीका वासीन्दाले समेत सेवा पाउने बताउनुभयो ।
यहाँ पाईने हरेक सामान अनलाईन मार्फत पनि किनमेल गर्न सकिने र होमडेलिभरीको व्यवस्था समेत मिलाईने गरि प्रवन्ध गरिएको डिपार्टमेन्ट स्टोर्सका प्रमुख दिलीप शाक्यले जानकारी दिनुभयो । ग्राहकको हितमा ध्यान दिदै माग अनुसारको मौसमी वस्तु तथा विभिन्न सिजनमा आवश्यक पर्ने बिस्कुट तथा किराना, जुस तथा रक्सी, कस्मेटिक र सुनचादीँका सामानहरु  उपलब्ध गराउने बताउनुभयो । १७ जना मिलेर सञ्चालन गरेको उक्त डिपार्टमेन्ट स्टोर्समा २० जना भन्दा बढीले रोजगार पाएका छन् ।

 

 

 

Related Articles

Leave a Comment