Home » १ सय किलो अवैध सुन स्कुटरको पार्टस र रेजरमा मिसावट गरि भित्र्याईयो !

१ सय किलो अवैध सुन स्कुटरको पार्टस र रेजरमा मिसावट गरि भित्र्याईयो !

by newnagarikdiary
0 comment

शिर्षक: १ सय किलो अवैध सुन स्कुटरको पार्टस र रेजरमा मिसावट गरि भित्र्याईयो !

राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेटबाट झण्डै १०० केजी परिमाणको सुन बरामद गरेको छ ।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। जसक्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको छ । यो सुन हालसम्म ठूलो परिमाणको हो ।

परिमाण धेरै र मोटरसाइकल र स्कुटरको पार्ट्समा साथै सुनलाई दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। मिसाएका कारण छुट्याउन समय लागेकाले आधिकारिक तौल निक्र्यौल भइनसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन् । राजस्व अनुसन्धान विभागका अधिकारीहरूले सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन् । चालकको परिचय खुलेको छैन।

सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ। बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने प्रहरी अधिकारीको आंशका छ। बुधबार दिउँसो दुई बजे भन्सार पास भएको उक्त सुन तीन घन्टापछि बरामद भएको हो।

सुन जडित मोटर पार्टस् कसरी भन्सार पास भयो अनुसन्धान गरिने बताएको छ। बरामद भएको सुनको तौल दिनका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ ।

Related Articles

Leave a Comment