Home » मनसुनि रेखा उत्तरतर्फ भोलीदेखि नेपालका धेरै स्थानमा पानी पर्ने

मनसुनि रेखा उत्तरतर्फ भोलीदेखि नेपालका धेरै स्थानमा पानी पर्ने

by newnagarikdiary
0 comment

शिर्षक: मनसुनि रेखा उत्तरतर्फ भोलीदेखि नेपालका धेरै स्थानमा पानी पर्ने

मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्नेछ ।

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।

अहिले भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वषर्ाको सम्भावना छ । दिउँसो भने लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वषर्ाको सम्भावना छ ।

वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

Related Articles

Leave a Comment