शिर्षक: नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने दस्तुरमा सहुलियत दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा हेरफेर गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको र यसमा पुँजी थप्दा र नयाँ दर्ता गर्दा लाग्ने दस्तुरमा छुट सम्मको व्यवस्था गरिने छ ।
मन्त्रिपरिषद्को बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।