शिर्षक: धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेलगत्तै सुनसान
धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेलगत्तै सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राती १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले सुरक्षा दिएको छ ।
आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाइगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेका थिए। त्यसको विरुद्धमा नेपालका प्रथम जगत गुरु बालशन्त र हिन्दुधर्म मान्ने गुरुहरुको अगुवाइमा आज धरानमा बृहत प्रदर्शन आयोजना गरिएको थियो । हिन्दुहरुले धरानमा प्रदर्शन गरेपछि पहिचान पक्षधरले प्रतिकार गर्ने धम्की दिएका दिए। त्यसपछि धरानमा सद्भाव भड्कन नदिन प्रहरीले हस्तक्षेप गरेको छ ।
धरानमा ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीले घेरा बन्दी गरी सुरक्षा चेक जाचलाई प्रभावकारी बनाएको छ। प्रहरीको सक्रियताका कारण धरानमा यातायातका साधन सञ्चालन भएको छैन भने पसलहरु पनि बन्द छ्न्। मानिसहरुको हिंडडुल पनि सामन्य छ। धरानका पूर्व मेयर मनोज मेन्याङबोले चार जात ३६ वर्ण मिलेर बसेका यहाँका बसिन्दालाई केही व्यक्तिहरुले सद्भाव भा्डन खोजेको बताए। उनले यस्ता क्रियाकलापले धरानको बदनाम हुने भएकाले सम्यमित हुन सबैलाई आग्रह गरेका छन् ।
धरानका मेयर हर्क सम्पाङले पनि एक अपील जारी गर्दै धरनको सद्भाव र एकतालाई जोड दिन सबैलाई आग्रह गरेका छन्। यता देशभरबाट आएका हिन्दु समर्थकहरुले धरानमा प्रदर्शन गर्न नपाएपछि इटहरीमा प्रदर्शन गर्ने तयारी गरेका छन्।