Home » तुल्सीपुर उपमहानगरका लेखा अधिकृत खिमलाल वलीमाथी भ्रष्ट्राचार मुद्दा

तुल्सीपुर उपमहानगरका लेखा अधिकृत खिमलाल वलीमाथी भ्रष्ट्राचार मुद्दा

by newnagarikdiary
0 comment

शिर्षक: तुल्सीपुर उपमहानगरका लेखा अधिकृत खिमलाल वलीमाथी भ्रष्ट्राचार मुद्दा

दाङको तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीमाथी अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेको हो । सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक खर्चभन्दा बढी भुक्तानी गरेको भन्दै उनी विरुद्ध अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयमा मुद्दा दायर भएको थियो ।

सोहीका आधारमा खोजी गर्दा विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सा समेतको विपरीत हुने गरी तथा गुणस्तरहीन कामको पनि भुक्तानी दिएकाले उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।

तत्कालीन अवस्थामा उनी उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतमा कार्यरत थिए । उनीमाथि ७ लाख २६ हजार एक सय ८१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । विशेष अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

उनीसहित ९ जना विरुद्ध बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।

Related Articles

Leave a Comment