शिर्षक: टिआई नेपालको ‘सामाजिक जवाफदेहिता’ अन्तर्गतको नागार्जुनमा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
टिआई नेपालले नागार्जुन नगरपालीका वाड नं ९ मा २०८० भदौ १८ गते सुझाव गुनासो संकलन् कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सेवाग्राहीहरुले बाटो निर्माण, खानेपानी, विद्युत तथा ढलका समस्याहरु राखेका थिए । सोहि दिन वडासँगको समन्वयमा सार्वजनिक सुनुवाइ समेत सम्पन्न भएको छ । काठमाडौ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीको प्रमुख आतित्थ्यता र वडाध्यक्ष रामकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न सो सुनवाइमा उठेका प्रश्नहरुको प्रमुख अतिथि, वडाध्यक्ष, विषयगत कार्यालका प्रमुखहरुले जवाफ दिएका हुन् । सो वडामा पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गर्न समन्वय गरिदिएकोमा सहभागिहरुले टीआई नेपाललाई धन्यवाद दिदै सवालहरु उठाएका हुन् ।
सेवाग्राहीले रेभिजको भ्याक्सिन नपाएको, ९ नम्बर वडाको खानेपानी १० नम्बर वडालाई दिएर ९ नम्बर वडाबासी काकाकुल बनेको, बाटोको स्तरोन्नती नभएको, खानेपानीमा उपभोक्ताले डिपोजिट गरेको पैसा पारदर्शी नभएको लगायत विषयहरु उठाएका छन् ।