नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेता पौडेलले तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।
पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे ।