Home » चिनिकाे मूल्य किलाेमा ११५ रुपैयाँभन्दा बढी लिए वाणिज्य विभागमा उजुरी दिन अनुराेध

चिनिकाे मूल्य किलाेमा ११५ रुपैयाँभन्दा बढी लिए वाणिज्य विभागमा उजुरी दिन अनुराेध

by newnagarikdiary
0 comment

शिर्षक: चिनिकाे मूल्य किलाेमा ११५ रुपैयाँभन्दा बढी लिए वाणिज्य विभागमा उजुरी दिन अनुराेध

काठमाण्डाै उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कालाेबजारी सामान्यतया नियन्त्रण हुन थालेकाे छ |

उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ |
यस्तै, हिजो ३ सय ८२ बोरा चिनी बजारमा गएको छ । थप चिनी आज बजारमा जाने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो । यसरी बिक्री भइरहेको चिनीको मूल्य किलोको ११५ रुपैयाँ निर्धारण गरिएको वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए। किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई उहाँको आग्रह छ ।

बजारमा पेयपदार्थका लागि उद्योगीसँग मौज्दातमा रहेका चिनी पठाउन थाले पनि ढुवानी भाडा बढी लाग्न थालेपछि बिक्रेताहरुले बिक्री गर्न रुचि देखाएका छैनन् । यसले गर्दा सबै उपभोक्तामाझ चिनी पुर्याउन भने समस्या दे

Related Articles

Leave a Comment