शिर्षक: एसएलसीको झुटो प्रमाणपत्र बनाएर स्थायी बनेकी शिक्षिका पक्राउ
नुवाकोट विदुर नगरपालिका १३ कन्यादेवी आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिकाको एसएलसीको प्रमाणपत्र नक्कली भएको पाईएको छ ।
श्री कन्यादेवी आधारभूत विद्यालय, विदुर नगरपालिका-13, नुवाकोटका प्रा.वि. तृतीय शिक्षक मञ्जु कुमारी थापा (ओझा) ले भारतबाट एस.एल.सी. तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाईरहेको पाईएको हो ।
(ओझा)ले मिति २०५५।0८।११ मा साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालय, नुवाकोटमा प्रा.वि.
तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन र मिति २०७५।१२।२९ मा श्री कन्या देवी आधारभूत
विद्यालय, नुवाकोटमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको
परीक्षा उतिर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिएको भन्दै निजलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को
उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै काठमाडौं बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।