युवाहरू कृषि क्षेत्र छोडेर विदेश पलायन भइरहेको समयमा एक जना अपाङ्गता भएका युवा भने कृषि क्षेत्रमा लागेर चार जनाको परिवार पालेका छन ।
दार्चुला विकट ठाउँबाट काठमाडौं जस्तो शहरमा आइ गाई पालन व्यवसाय गर्नु चानचुन विषय होइन। एक हात नभएका अपाङ्गता भएका कृषक हुन भरत सिह महता ।
नागरिक डायरी डटकमका पत्रकार उनको गाई फार्ममा पुग्दा गाई दुहिरहेका थिए। एक हातले गाई गोठ समाल्न गाह्रो हुन्छ होला भन्दा उनी मुसुक्क हाँसेर भन्छन, “छोराछोरीलाई पालन पोषण गर्न यही एउटा उपाय छ के गर्नु । सरकारले अनुदान दिए अन्य अपाङ्ग अशक्तलाई पनि कृषिमा लाग्न तालिम दिने थिए उनी भन्छन।
उनी भन्छन “प्रदेश न. ७ दार्चुला जिल्ला बिगट अपि हिमाल को फेद मा रहेको अपि हिमाल गाउँ पालिका को वार्ड न. ६ रिगुर धङकाङ मा सामान्य जिबन यापन गर्दै आएको! अनि यो २१सौ सताब्दी को जमना मा अनपध र सारिरिक अपांग को कारण के गरि खान्छ होला भन्ने चिन्ता को साथै आमाबुबा को भित्री दुखी मन र दाइभाउजु को १३ जना को ठुलो परिवार मा भाइ बहिनी हरुको पढाई लेखाइ को साथै परिवार को जिम्मेवार को बोझ कम गर्न को लागी सारिरिक अपांग को कारण कुनै ठाउँमा काम नमिल्ने कारण ले रहर नभई बाध्यता को कारण सानै देखी गाउँ मा आमाबुबा ले गाई भैंसी पालेको अलि अनुभव को कारण आमा बुबा सङ्ग १ लाख रुपैयाँ मागेर काठमाडौ किर्तिपुर न. पा ४ सल्यान थान को बाहिरी गाउँमा १.५ रोपनी जग्गा भाडामा लिइ दाइ र मामा घर को दाइ को सहयोग ले चान चुन गर्दा १२ लाख जति को लगानी लगाइ गाइ पालेर 3 दाजुभाइ २ बहिनी २ छोरा अनि आमा श्रीमती को सात मा काठमाडौ को महङ्गी को सामाना गर्दै सुख दुख गर्दै लड्दै आइरहेको छु ।
अपाङ्गहरूलाई राज्यले आरक्षण गर्नु जरूरी छ ।