Home » १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन भाेलि देखि

१८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन भाेलि देखि

by newnagarikdiary
0 comment

शिर्षक:१८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन भाेलि देखि

काठमाडौंमा यसै सातादेखि शुरु हुने एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित आगामी ६ मंसिरदेखि शुरु हुने सम्मलेन ९ मंसिरसम्म चल्नेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन ।

त्यस्तै इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ । सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए ।

भाेलिदेखि हुने सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आईसकेका छन् | हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने महासंघले जानकारी दिएकाे छ | जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनले महासंघले बताएको छ ।

सम्मेलनका कार्यक्रमहरू- काठमाडौं घोषणापत्रसँगै आगामी ८ मंसिरमा सम्मेलन समापनको औपचारिक घोषणा गरिने । सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रजिष्ट्रेशन मिति यहि मंसिर ४,५ र ६ गते तोकिएको छ । ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ ।

६ मंसिरमा जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ । यसै दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । आगामी ७ मंसिरमै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिने र ८ मंसिरमा नयाँ कार्य समिति चयन गरी सो कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम छ |

Related Articles

Leave a Comment