शीर्षक: कार्तिक १५ देखि गुल्मी महाेत्सव,माैलिक नाचगान सहित यस्ता छन महाेत्सवका कार्यक्रमहरू,
गुल्मीमा कार्तिक १५ देखि २५ गते सम्म महाेत्सव हुने भएकाे |
गुल्मी उद्योग संघले हरेक पटक गर्दै अाएकाे महाेत्सव रेसुङ्गा नगर कार्यपालिका,कार्यालयको “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान”! सहितकाे नारा सहितकाे महाेत्सव हुनेछ | डेढ वर्षकाे अवधिमा नगरले हासिल गरेकाे उन्नतिलाई सहकार्य गर्दै गुल्मी उद्योग संघले” उद्योग,कृषि र पर्यटनमा उनिएको थुङ्गा,समुन्नत गुल्मीका लागि जाउँ हिड रेसुङ्गा”यो संस्थाले महोत्सव गर्दै छ।
महाेत्सवमा हुने कार्यक्रम स्थानिय उत्पादनकाे प्रचारप्रसार,राष्ट्रिय तथा स्थानिय कलाकारकाे सांगीतिक शाे,,जिल्लाको पहिचान,विस्तार गर्न विभिन्न समुदायका, मौलिक सस्कृतिकाे संरक्षण गर्दै, विभिन्न झलकहरु! सराए नाच,सोरठी नाच, भैरव नाच ,मौलिक भजन, पञ्चेबाजा लगायका कार्यक्रम रहनेछन् |
वास्तबमा महोत्सव किन र केका निम्ति हुदैछ!
१)यो महोत्सवले यस क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक, परम्पराको विकासमा प्रभाककारी भुमिका खेल्ने छ ।
२)बैंक,वित्तीय सस्थाको पहुँच बढाउन वित्तीय साक्षरता र पर्यटनलाई टेवा दिन।
३) रेसुङ्गा नगरपालिकाले लिएको जाउँ हिड रेसुङ्गा कार्यक्रम लाई सफल पार्न ।
४)रेसुङ्गा नगरपालिका मात्र नभै,जिल्लाको पहिचान,विस्तार गर्न, मौलिक सस्कृतिको संरक्षण गर्दै, विभिन्न झलकहरु! सराए नाच,सोरठी नाच, भैरव नाच ,मौलिक भजन, पञ्चेबाजालाई थप जागृत गर्न ।
६) कृषि,पर्यटन,उद्योग सम्बधमा जनतामा चेतना जागृत गर्न।
७) भाइचारा बन्धुत्वको भावना जागृत गराइ सकारात्मक सन्देश दिन।