Home » अाफ्नाे दुख सबैले भाेग्नु पर्छ,याे अनिवार्य शर्त हाे,८० वर्षकी अामालाई नाङ्गाेले दुखसंग खुसी साटिदिएकाे छ

अाफ्नाे दुख सबैले भाेग्नु पर्छ,याे अनिवार्य शर्त हाे,८० वर्षकी अामालाई नाङ्गाेले दुखसंग खुसी साटिदिएकाे छ

by newnagarikdiary
0 comment

शीर्षक: अाफ्नाे दुख सबैले भाेग्नु पर्छ,याे अनिवार्य शर्त हाे,८० वर्षकी अामालाई नाङ्गाेले दुखसंग खुसी साटिदिएकाे छ

सिजन नाछिरिङ राई,नागरिक डायरी, संवाददाता,अपाङ्ग वर्ग ‘ख’

कथा व्यथा सबैकाे आ-आफ्नै हुन्छन। फरक यति हाे काेहि निकट चिजानका त काेही अपरचित | सबैले आफ्ना दुख र समस्यालाई भाेग्नु अनिवार्य शर्त हाे र भाेग्नै पर्छ | दाेस्राे व्यक्तिलाई जति दुख सुनाएपनि उ अाफै दुखि छ दुख बढन बाहेककाे विकल्प पनि हुँदैन |

जब चाडपर्व मेलामेसा अाउँछन तब दुख र सुख पैसामा खाेजिन्छ,सम्पन्नतामा खाेजिन्छ कसैले जागिर, कसैले ठूलाे त कसैले सानाे व्यवसाय गरिरहेका हुन्छन्, फर यति हाे कसैले ठूलाे व्यवसायबाट ठूलै त कसैले व्यवसाय अनुसारका अाम्दानि र जिवनस्तर अनकुलकाे जीवन बाँचिरहेकै हुन्छन् |

समाजमा ठूला व्यवसाय एकैपटक ठूला भएका हाेईनन् धेरैकाे सुरूवात सडकर सुपाबाटै भएकाे हाे | तर कसैकाे सुपाबाटै महल र सडकबाटै व्यवसायलाई प्रवर्द्धन गरे काेहीकाे जिवनस्तर सुपामै बडाे धिरताका साथ चलाईरहेका छन् |

अहिले त चाडपर्व छ सुपाेकाे चकलेट पनि कसले किनदियाेस र

याे कथा हाे  गाैशाला चाेक नजिक नाङ्गलो  पसल गर्दै आउनु भएको ६७ वर्षे एक वृद्ध आमाको उहाँकाे पनि  आफ्नै पिर व्यथा छन् । उहाँ आफ्नो वास्तविक परिचय खासै दिन चाहनुभएन, कारण आउने जाने सबैले उहाँका बारेमा  लेखे उहाँकाे व्यवसाययलाई समेत धन्दा बनाए, कमाए रमाए तर आफूलाई आजसम्म कसैले केही नदिएको सबैले आफ्ना स्वार्थ मात्रै पूरा गरेको  गुनासो उहाँकाे छ |

हामीले अामालाई साेधन खाेज्याै तर अन्य मिडियाकर्मीकाे सास्तीले दिक्क हनुभएकी अामा हामीलाई सपधै उपेक्षा गर्नुहुन्छ | आफ्नाबारे भने उहाँ केही बाल्न चाहानुभएन | र अामासंग नगद केही सामान किने पछि भने आमाले आफ्ना केही कुरा खाेल्न थाल्नुभयाे । 

आफ्नो घर गाेर्खा बताएकी हाल जाेरपाटि नयाँ बस्तीमा  आफ्नो छाेरा अनि दुई ना-नातिनीसंग बस्ने गरेको अामाले |

यता बसाइ जाेरपाटि किन भन्दा उनी भन्छिन् के गर्ने भाइ काेठा भाडा बढी भयाे पहिले यतै थियो काेठा । उनीले ३१अघि  वर्ष देखि गाैशाला चाेकमा नाङ्गलो पसल गरि आफ्ना परिवारकाे पालन पाेषण गर्दै आएको उहाँ बताउँनुहुन्छ । अामा भन्नुहुन्छ ‘छाेराले सानाे उमेरमा बिवाहा गर्याे  नातिनातिना जन्मिए पछि बुहारीले भएको गहना पैसा सकेपछि उनि आफ्नो बाटो लागिन अहिले छाेरा पढ्दैछ भनेर मैले काम गरेको भाइ  भन्दै थिइन् एक जान पैदल यात्री बसभित्र पराग  मिनीवाट चुराेट बेच्दै हिड्ने हिन्दी नेपाली भाषा सँगसँगै बाेल्ने ठिटोले आमैकाे नाङ्गलाेबाट लियो रू १० काे नाेट नाङ्गलाेमा फ्याकि दियाे अनि बजै भाेलि दिन्छु है बाँकी पैसा भनेर गयो बुढि आमाले हुदैन पैसा दे है भन्नु भयो तर सुने नसुन्ने जस्तो गरेर ऊ गयो । यस्तो छ भाइ आजभोलिकाे मान्छे सबैले ढाट्ने लुट्ने मात्रै हाे । यसरी सुपाेमा समेत दादागिरि गर्नेलाई कसले भनिदियाेस

छाेरालाई काम गर कमा छाेरा छाेरी आफै पाल अब म सक्दिन भन्नुस् भन्दा उनी भन्छिन् सानै छ पढ्दै छ कामउला गर्ला नि कुनै दिन भनेर भाइ भन्दा मनमा लाग्यो सायद यही हाेला आमाको माया भन्ने जस्तो लाग्यो ।

अामाकाे श्रीमानसंग साथ छुटेको त धेरै भएछ अब बुढाेकाे साथ छैन अर्को बिवाहा गर्नु पर्छ भन्ने मनमा लागेन तपाईलाई भन्ने प्रश्नमा अामाले भन्नुहुन्छ ‘भगवानले दिएकोले त साथ दिएन अब आफूले खाेजेकाे मान्छेकाे के भर हाेला भन्ने लाग्यो र साथमा छाेराे छ म एक्लै आफ्नो बच्चालाई पालनपोषण गर्न सक्छु भन्ने लागेर बिवाहा नगरेको बाबू’

त्यस पछि आफू अनि छाेराकाे पालनपोषणका लागि कहिले अरुको घरमा त कहिले कता काम गर्दागर्दै नभएकाे त्यस पछि आफैले थाेरै पैसा जम्मा गरेर नाङ्गलो पसल गर्न थालेकाे अामा बताउनुहुन्छ । अनि याे नाङ्गाे व्यापार गरेर कति कमाउनु हुन्छ आमा  भन्दा पहिले त दिनको २००० सम्म हुन्थ्यो आज भाेलि ब्यापार छैन ४ महिना अघी बिरामी भए र थाेरै जम्मा भएको पैसा पनि सकियो ब्यापार गर्न पनि गार्‍हो छ त्यसै माथि नगर पालिकाले बेला बेला दुःख दिन्छन् । आजभोलिका बच्चा देखि भर्खरका केटाकेटीले हातमा झाेलामा सामान बाेकेर बाेच्नेले गर्दा हामी जस्ताको सामान कस्ले किनिदिने म उनिहरु जस्तो जताततै जान सक्दिनँ भन्ने गुनासो उहाँको छ । बुढी देखेर आफू जस्तै ब्यापारीले समेत ठगीनु परेकाे गुनासाे अामाका छ | यति मात्रै नभएर उहाँ भन्नुहुन्छ पसलमा  आउने मान्छेले समेत ठगी गर्छन बाबु।

अनि आमा श्रीमान बित्नु भएको २५ बर्स भयो भन्नुभयो सरकारबाट के कस्तो सेवा सुबिधा पाउनु भएको छ नि !
भन्ने प्रश्नमा सरकारबाट अरु सुबिधाकाे त मलाई थाहा छैन मैले विधुवा भत्ता पाएकाे भर्खर १ वर्ष भयो। अनि हामी जस्तो साेझा जनताले सरकारबाट के सुबिधाकाे आश राख्ने तपाई आफै भन्नाेस् भनेर  अामा मलाई उल्टै प्रश्न तेर्साउनुहुन्छ !

मलाई समेत अामाले अपाङ्ग देखेर भन्नुभाे भाइ तपाई आफै यस्तो अशक्त  हुनुहुन्छ आजसम्म तपाईले नेपाल सरकारबाट के के कुरामा सुबिधा पाउनु भएको छ भन्दै गर्दा म आफै निशब्द भए ।

यी ६७ बर्से बुढि आमाको मात्रै समस्या नभएर उहाँहरु जस्ता हजारौं आमा दिदीबहिनी तथा उहाँहरु जस्ता सडक चाेक गल्लीहरुमा आफू र आफ्ना बालबच्चाकाे पालनपोषण गर्नका लागि संघर्ष गर्दै आफू र सरकारलाई करतिर्ने जनतालाई नेपाल सरकारले उचित सेवा सुबिधा उचित राेजगारीकाे व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Related Articles

Leave a Comment